मोड्रिचले कोपा डेल रे फाइनल गुमाउन सक्ने

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले कोपा डेल रेको फाइनल गुमाउन सक्ने भएका छन् ।

चोटका करण मोड्रिचले कोपा डेल रे को फाइनल गुमाउने सम्भावना बढेको हो ।

मोड्रिचले बायाँ खुट्टाको थाइमा चोट बोकेको बताईएको छ ।

रियलले कोपा डेल रे को फाइनलमा ओसासुनासँग मे ६ मा खेल्दैछ ।

यस्तै मोड्रिचले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको सेमिफाइनलको पहिलो समेत गुमाउने सम्भावना बढेको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग मे ९ मा हुँदैछ ।

मोड्रिचले ला लिगा अन्तर्गत जिरोनासँगको खेलमा चोट बोकेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर