चट्याङ लागेर पश्चिम बङ्गालमा पन्ध्र जनाको मृत्यु

काठमाडौं । मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएको तथा कैयौँ घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर