आज शुक्रबार घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रूपैयाँले घटेर एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ५ रूपैयाँले घटेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर