भारतको आन्ध्र प्रदेशमा प्रशंसकले बनाए अभिनेत्री सामन्थाको मन्दिर

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको भारतको आन्ध्र प्रदेशमा एक प्रशंसकले मन्दिर बनाएका छन् ।

अप्रिल २८ मा आफ्नो ३६ औं जन्मदिन मनाउन लागेकी सामन्थाको जन्म दिनको अवसर पारेर आन्ध्र प्रदेशको बापल्टामा सन्दीप नामका एक प्रशंसकले उनको मन्दिर बनाएका हुन् ।

सामन्थाको मूर्ति र मन्दिरका तस्बिरहरू सामाजिक सञ्जालमा चर्चामा छन्। तर, अहिलेसम्म मन्दिरको विषयमा सामन्थाको कुनै प्रतिक्रिया भने आएको छैन ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सन्दीपले सामन्थालाई कहिल्यै भेटेका छैनन्, तर उनी उनको कामको ठूलो प्रशंसक हुन्। सन्दीप सामन्थाको फिल्मका लागि मात्रै होइन सामन्थाले गर्ने सामाजिक कामको पनि तारिफ गर्छन् ।

सामन्थाले वर्षौंदेखि प्रत्युषा फाउन्डेसन मार्फत अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्दै आएकी छिन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर