युनाईटेड र टोटेनहमको बराबरी खेल्दै अंक बाडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटेनहमले बराबरी खेल्दै अंक बाडेका छन् ।

बिहीबार राति भएको खेलमा युनाईटेड र टोटेनहमले २-२ गोलको बराबरी खेलेका हुन् ।

रोमान्चक खेलमा युनाईटेडले दुई गोलको अग्रता जोगाउन सकेन ।

खेलको सातौं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४४ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए ।

खेलको ५६ औं मिनेटमा पेड्रो पारोले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै युनाईटेडले ३१ खेलमा ६० अंक जोडेको छ ।

युनाईटेड चौंथो स्थानमा रहेको छ ।

पाँचौं स्थानमा रहेको टोटेनहमको ३३ खेलमा ५४ अंक रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर