नेपाल र जोर्डन भिड्दै

काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज शुक्रबार जोर्डनको सामना गर्दैछ ।

नेपालले प्रिन्स मोहमद स्टेडियममा आयोजक जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाल आज जोर्डनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई जितको विकल्प छैन ।

जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

समूह एच मा रहेको नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो । बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर