बालेनको दाबी : शिक्षा विभागमा ताला लगाउने दुष्प्रयास विफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका छन्।
प्रमुख साहले शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाट्स लेखेर एक अमुक दलगत शैक्षिक संगठनले महानगरको शिक्षा विभागमा ताला लगाउने गरेको दुष्प्रयास विफल पारेको दावी गरे ।

‘काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फाडेर विफल पारेको छौँ’, उनले सामाजिक सञ्जालमा लेखे ।
विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको भन्दै महानगरले निकालेको परिपत्रको विरोधमा बिहीबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिका शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको थियो।

शैक्षिक माफियाहरूको चलखेलमा महानगरले परिपत्र निकालेको भन्दै समिति संयोजक मीनबहादुर ऐडीले विज्ञप्ति निकालेर तालाबन्दी गरेको जानकारी दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर