महावीर पुन माइतीघर मण्डलामा धर्नामा, उनी भन्छन्, “सरकारले वेवास्ता ग–यो”

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले संघीय, प्रदेश र स्थानीय सरकारलाई दबाबस्वरूप धर्ना कार्यक्रम आरम्भ गरेका छन् ।

काठमाडौं । संघीय राजधानीको माइतीघर मण्डलामा आफ्ना सहयोगहरूसहित शुक्रबार बिहान धर्नामा बसेका पुनले तीनै तहको सरकारले अनुसन्धान र आविष्कारमा बेवास्ता गरेकाले दबाबस्वरूप धर्ना कार्यक्र आरम्भ गरेको सञ्चारकर्मीहरूलाई बताए ।
धर्नाकारीहरूले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने माग प्रमुख माग रहेको पनि स्पष्ट पारे । सरकारले पुनलाई त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न अनुमति दिएको छ । धर्ना कार्यक्रम शान्तिपूर्ण तरिकाले भइराखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर