कोरोना संक्रमित थप एक जनाको मृत्यु

काठमाडौं  । कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार आज एक कोरोना संक्रमितको मृत्यु भएको हो।

आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ संक्रमित थपिएका हुन्। जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौँ उपत्यकामा अहिले कोरोना संक्रमितको सङ्ख्या तीन सय ७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा छ बिरामी रहेका छन्। यस्तै भेन्टिलेटरमा एक बिरामी छन्।

परिवार कल्याण महाशाखाअन्र्तगतको बालस्वास्थ्य तथा खोपसेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार देशभर कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यासमेत बढ्न थालेको छ। उनले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको जनाउँदै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रहसमेत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर