राष्ट्रपति पौडेललाई विदेश लानुपर्ने कारणबारे राष्ट्रपति कार्यालयको स्पष्टीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको विषयमा राष्ट्रपतिको सचिवालयले अर्को विज्ञप्ति जारी गरेको छ।

राष्ट्रपति पौडेलको भारतस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ। तर विज्ञप्तिमा राष्ट्रपति पौडेललाई उपचारका लागि विदेश नै लैजानुपर्ने ‘मेडिकल कारण’मा छातिको संक्रमण भएकोमा लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएको उल्लेख छ। नेपालको शिक्षण अस्पतालबाहेक अन्य अस्पतालमा रहेका छाती रोग विशेषज्ञसमेतसँग सल्लाह नै नगरी उनलाई विदेश लगिएको हो।

यस विषयमा वीर अस्पतालका डाक्टर अनिल बरालले केही दिनअघि ट्विटरमा उल्लेख गरेका थिए, ‘एम्सबाटै छाती रोग विषयमा डिएम उपाधि हासिल गरेका ३ जना वरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत हुनुहुन्छ! स्रोत र साधन पनि अहिले राम्रै छन्, यहाँ के कारणले विदेश लान परेको हो, देशले थाहा पाउनुपर्ने हैन र? हामी त सधैं कोही र केही नहुनेलाई मात्र हेर्ने डाक्टर भैयो छ्या!’

राष्ट्रपति पौडेललाई भएको रोगको उपचारका लागि वीर अस्पतालमा डाक्टर मात्रै नभई विशिष्ट व्यक्ति उपचार कक्षसमेत छ। जुन प्रयोगमा नआएको धेरै समय भइसकेको छ। यी विषयमा उठेका प्रश्नहरुको चित्तबुझ्दो जवाफ राष्ट्रपति कार्यालयले दिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर