युक्रेनलाई ठूलो सैन्य सहयोग

ब्रसेल्स । उत्तर एटलान्टिक सन्धि सङ्गठन नाटो र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भू–भाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलब्ध गराएका छन् ।

नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच सय ५० वटा बख्तबन्द गाडी र दुई सय ३० वटा ट्याङ्क प्रदान गरिएको छ । अघिल्लो वर्षको फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो ।
ब्रसेल्समा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नाटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ९८ प्रतिशत सैन्य सहायता नाटोबाट प्रदान गरिएको बताए । युक्रेनका नौ वटा नयाँ ब्रिगेडलाई तालिम दिइएको तथा ती युद्धदस्तालाई हातहतियारले सुसज्जित गरिएको जानकारी पनि उनले दिए । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर