अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि सम्झौता

काठमाडौं । अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि महत्वपूर्ण सम्झौता भएको खुलासा भएको छ ।

वासिङटन भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुकयोल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच यस्तो सम्झौता भएको हो । सम्झौता अनुसार अमेरिकाले दक्षिण कोरियालाई आवश्यक परे उत्तर कोरिया विरुद्ध आणविक हतियार प्रयोग गर्ने अनुमति दिएको छ । तर दक्षिण कोरिया आफैंले भने आणविक हतियारको विकास नगर्ने सहमति भएको जनाइएको छ ।

अमेरिकाले आणविक हतियारयुक्त पन्डुब्बी लगायत दक्षिण कोरियालाई उपलब्ध गराउने सहमति पनि भएको छ । बुधबार वासिङ्टनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति सुकयोलले दुई देशबीच ऐतिहासिक सहमति भएको प्रतिक्रिया दिनुभयो । त्यस्तै, अमेरिकी राष्ट्रपति बाइडेनले उत्तर कोरियाको ब्यवहारलाई जवाफ दिने गरी आफूहरु सहमतिमा पुगेको बताउनुभयो ।

दुई नेताबीच कोरियाली प्रायद्विपलाई आणविक त्रासबाट मुक्त गर्न आवश्यक कदमहरु अघि बढाउने सहमति पनि भएको वासिङ्टन घोषणापत्रमा उल्लेख गरिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर