कतारले नेपाललाई १५७ रनमै अलआउट गर्‍यो

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेमा कतारले नेपाललाई १५७ रनमै अलआउट गरेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गर्‍यो ।

लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनायो ।

नेपालका दशौं नम्बरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए ।

कप्तान रोहितकुमार पौडेलले २७ रन बनाए भने आसिफ शेखले १९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १२, सोमपाल कमी र आरिफ शेख ११-११ रनमा आउट हुँदा अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्नै सकेनन् ।

कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा लेखाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर