बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना पराजित भएको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनालाई रायो भालेकानोले २-१ गोल अन्तरले हराएको हो ।

खेलको १९ औं मिनेटमा अल्भारो गार्सिया रिभेराले गोल गर्दै भालेकानोलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५३ औं मिनेटमा फ्रान गार्सियाले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गरेपनि बार्सिलोना २-१ ले पराजित भयो ।

भालेकानोसँग पराजित भएपनि बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ ।

बार्सिलोनाले ३१ खेलमा ७६ अंक जोडेको छ ।

भालेकानो ३१ खेलमा ४३ अंक जोडेर नवौं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर