शेफिल्ड प्रिमियर लिगमा बढुवा

काठमाडौं । शेफिल्ड युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ ।

च्याम्पियनसिप अन्तर्गत बुधबार राति वेस्ट ब्रुमलाई २-० गोल अन्तरले हराउँदै शेफिल्ड बढुवा भएको हो ।

शेफिल्डको जितमा सन्डर बेर्गे र एनील अहमेधोड्जिकले एक एक गोल गरे ।

जितसँगै शेफिल्ड लिगको दोस्रो स्थानमा रहदै बढुवा भएको छ ।

शेफिल्डले ४३ खेलमा ८५ अंक जोडेको छ ।

शेफिल्ड दुई वर्षपछि प्रिमियर लिगमा फर्किएको हो ।

यस अघि बर्नली प्रिमियर लिगमा बढुवा भईसकेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर