युभेन्ट्सलाई हराउँदै इन्टर फाइनलमा

काठमाडौं । इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सलाई १-० गोल अन्तरले हराउँदै समग्रमा २-१ को जित निकाल्दै इन्टर उपाधि नजिक पुगेको हो ।

पहिलो लेगमा इन्टर र युभेन्ट्सले १-१ गोलको बराबरी खेलेको थियो ।

इन्टरको जितमा फेडेरिको डिमार्कोले निर्णायक गोल गरे ।

खेलको १५ औं मिनेटमा फेडेरिकोले गरेको गोल निर्णायक बनेको हो ।

अब इन्टरले उपाधिका लागि फियोरेन्टिना र क्रेमोनेसेबीचको विजेतासँग खेल्ने छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर