अमेरिकाद्वारा सी र जेलेनस्कीबीचको टेलिफोन संवादको स्वागत

वासिङ्टन । चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रप्रमुख भोलोदिमिर जेलेन्स्कीबीच रुस र युक्रेनबीचको युद्ध अन्त्यको सम्भावनाबारे छलफल गर्न बुधवार भएको टेलिफोन वार्ताको ह्वाइट हाउसले प्रशंसा गरेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भने, “राष्ट्रपति सी र जेलेन्स्कीबीच फोन वार्ता भएको खबरको हामी स्वागत गर्दछौँ । यो राम्रो कुरा हो ।” किर्बीले भने, “अब यसले कुनै अर्थपूर्ण शान्ति अभियान वा योजना वा प्रस्तावको नेतृत्व गर्नेछ कि छैन भन्ने अझै सुनिश्चित भई नसकेको हाम्रो बुझाई छ ।

“हामी यो युद्ध अन्त्य होस् भन्ने चाहन्छौँ । हामीले लामो समयदेखि यही कुरा भन्दै आएका छौँ,” उनले भने । “यदि रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलायो भने यो युद्ध ‘तत्काल’ अन्त्य हुन सक्ने उनले बताए । किर्बीले भने, “न्याय र दिगो शान्ति हुन सक्छ र विश्वसनीय आधार सिर्जना हुन सक्छ भने शान्तिमा पुग्ने कुनै पनि प्रयासको हामी स्वागत गर्दछौँ ।”

“हाम्रो विचारमा, युक्रेनी नागरिक र राष्ट्रपति जेलेन्स्कीले यसमा सहभागिता नजनाउँदासम्म वा शान्ति वार्ताका लागि समर्थन नगरेसम्म शान्तिको विषयले दिगो वा विश्वसनीय सार्थकता पाउनेछैन,” उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर