विपन्न, अ:सहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड २०७७ अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको छ।

मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पत्र लेख्दै उक्त निर्देशन दिएको हो। पत्रमा  उपचारको लागि आउने विपन्न, अ:सहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत  छुट्याई निःशुल्क उपचार रुपमा गराउनुपर्नेमा सो कार्यान्वयन नभएको पाइएकोले तत्काल कार्यान्वयन गर्न भनिएको छ।

साथै बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न पनि निर्देशन दिइएको छ।  यस्तै अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासोहरु समेत आएकोले स्वास्थ्य संस्था संचालनसम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्थाहरु  पूर्णरुपमा पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।  मापदण्ड कायान्वयन नगर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर