ओलीमाथि ढुंगामुढा गर्नेहरू पक्राउ परिसकेका छन् : उपप्रधान तथा गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले कोशी प्रदेश नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताए ।

‘उक्त घटनाको सरकारको तर्फबाट दुख व्यक्त गर्दै उनले भने, ‘ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा दुई जना प्रहरीहरु घाइते भएका छन् ।’ प्रहरीको सकारात्मक भूमिकापछि ओली सुरक्षित रहेको र उनी इलामतर्फ प्रस्थान गरिसकेको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर