१३ डिआइजीको कार्यभार तथा पदस्थापन

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा भएका अधिकृतहरुको पदस्थापन भएको छ। गत वैशाख ६ गते प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएको एक हप्तापछि १३ जना डिआइजीहरुको गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार डिआइजी विष्णुकुमार केसी प्रहरी प्रधान कार्यालयको योजना तथा विकास निर्देशनालय नक्सालमा पदस्थापन भएका छन्। यस्तै भरतबहादुर बोहराले सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्।

रविन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा पदस्थापन हुँदा राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। चन्द्रकुबेर खापुङको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालको प्रहरी महाशाखामा पदस्थापन भएको छ। जनक भट्टराईले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। लालमणि आचार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन भएको छ। सुरेन्द्रप्रसाद मैनालीको प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ।

अर्जुनचन्द ठकुरीको साइबर ब्यूरोमा पदस्थापन भएको छ। यस्तै, यज्ञविनोद पोखरेलको केन्द्रीय अनुसन्धान ब्यूरोमा पदस्थापन भएको छ। विकासराज खनालको प्रहरी प्रधान कार्यालय कार्य विभाग निर्देशनालय नक्सालमा पदस्थापन भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर