उल्भ्स र एस्टनको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले जित निकालेको छ ।

मंगलबार राति उल्भ्सले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले हराएको हो । उल्भ्सको जितमा रुबेन नेभेसले एक गोल गरे । एन्डरसनले एक आत्मघाती गोल गरे ।

जितसँगै उल्भ्सले ३३ खेलमा ३७ अंक जोडेको छ । उल्भ्स १३ औं स्थानमा रहेको छ । क्रिस्टल ३७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

अर्को खेलमा एस्टन भिल्लाले फुलहमलाई १-० ले हराएको छ । एस्टनको जितमा मिन्ग्सले निर्णायक गोल गरे । एस्टन भिल्ला ५४ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

फुलहम ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ । त्यस्तै लेस्टर सिटीले लिड्स युनाईटेडसँग १-१ गोलको बराबरी खेलेको छ । लेस्टरका लागि जेमी भार्डीले गोल गरे । लिड्सका लुइसले गोल गरे ।

लेस्टर २९ अंक जोडेर १७ औं स्थानमा रहेको छ । लिड्स ३० अंक जोडेर १६ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर