एसीसी प्रिमियर कप : आज दुई खेल हुदै

काठमाडौं । एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आज बुधबार दुई खेल हुदैछ ।

मुलपानी मैदान र टियु मैदानमा समान १-१ खेल आयोजना हुदैछ ।

मुलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का बहराइन र युएईबीच खेल हुदैछ ।

उपाधी दावेदार युएईलाई सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने हुन्छ । बहराइन पनि आजको खेल जितेर सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।

टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘ए’ का साउदी अरेबिया र ओमानबीच खेल हुदैछ ।

यस खेलमा जित हात पार्ने टोली नै सेमिफाइनल प्रवेश गर्ने हुँदा दुवैका लागि यो खेल महत्वपुर्ण रहेको छ ।

यस समूहबाट नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ भने साउदी अरेविया र ओमान मध्य एक टोली सेमिफाइन प्रवेश गर्नेछ ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।  एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर