मुम्बई ईन्डियन्सलाई हराउँदै गुजरात टाईटन्स दोस्रो स्थानमा उक्लियो

काठमाडौं  । गुजरात टाईटन्स भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई ईन्डियन्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार राति घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा गुजरातले मुम्बईलाई ५५ रनले हराए पछि दोस्रो स्थानमा उक्लिएको हो ।

जितको लागि २०८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्रै बनाउन सक्यो ।

मुम्बईका लागि निहाल वाधिराले ४०, क्यामरुन ग्रीनले ३३, सुर्यकुमार यादवले २३, पीयुष चावलाले १८ तथा इशान किशनले १३ रन बनाए ।

गुजरातका लागि नूर अहमदले ३, मोहित शर्मा र राशिद खानले समान २-२ तथा कप्तान हार्दिक पान्ड्याले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ५६, डेबिड मिलरले ४६, अनुभब मनोहरले ४२, राहुल तिवतियाले अविजित २०, विजय शंकरले १९ तथा कप्तान हार्दिक पान्ड्याले १३ रन बनाए ।

मुम्बईका लागि पियुष चावलाले २ तथा राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान १-१ विकेट लिए ।

गुजरात ७ खेलमा ५ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौं स्थानमा छ । यस्तै, चेन्नई ७ खेलमा ५ मा जित र २ मा हारसहित शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर