बारा २ मा यादवसँग मतान्तर घटाउँदै कुशवाहा, यादव २६२९ मतले अगाडि (अपडेट)

काठमाडौं । बार २ को मत गणना जारी रहेको अवस्थामा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लगेका छन् ।

बेलुकी ९ः३० बजेसम्मको मत परिणामअनुसार उपेन्द्रले २२५५२ र शिवचन्द्रले १९९२३ ल्याएका छन् । यादव र कुशवाहाको मत अन्तर २६२९ रहेको छ । केही घन्टा अगाडि यादव र कुशवाहाको मत फरक पाँच हजारभन्दा बढी थियो । यस्तै तृस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६५०१ मत पाएका छन् । रास्वपाका रमेश खरेलको झोलामा २६८१ मत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर