लाइसेन्स १० वर्षपछि रिन्यु गरे पुग्ने व्यवस्था हुँदै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरेक पाँच पाँच वर्षमा गर्नुपर्ने सवारी इजाजतपत्र नवीकरण अब हरेक १० वर्षमा गर्न मिल्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा मन्त्री ज्वालाले सवारी इजाजतपत्रका लागि नयाँ कानुनी व्यवस्था गर्न लागेको बताए । उनले सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने कामलाई पनि तीव्रता दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर