फ्लाईदुबईका दुई अधिकारीको प्रवेशपत्र रोक्का
काठमाडौँ । नेपाल उड्डयन प्राधिकरणले सोमबार राति फ्लाईदुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रमणूर्ण सूचना फैलाएको दाबी गर्दै फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का गरेको छ ।
प्रमाणबिना दुबईबाट गलत सूचना फैलाउने दुवै जनाको पास तत्कालका लागि रोक्का गरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताए । नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।
प्रतिक्रिया