फेरि चल्न थाल्यो काठमाडौंमा बालेनको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले फेरि अवैध संरचना भत्काउने कामलाई निरन्तरता दिएका छन् । प्रमुख साहको निर्देशनमा राजधानीको पुरानो बसपार्कस्थित निर्माण गरिएको प्रहरी बिटमाथि डोजर लगाएर मंगलबार भत्काइएको छ ।
पुरानो बसपार्कस्थित भ्यूटावर नजिक रहेको सडक पेटीमा बनाइएको प्रहरी बिट हटाउने योजनाअनुसार अघि बढाइएको हो । महानगरपालिकाले प्रहरी बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको जनाउँदै आएको छ ।
प्रतिक्रिया