हे ! प्रभु यो कस्को जिम्मेवारी हो ?

भक्तपुर । भक्तपुर–कोटेश्वर ६ लेन सडक खण्डअन्तर्गत जनावरहरूका कारण बेलामौकामा दुर्घटना हुने गरेका छन् । भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाको सीमा रहेको राधेराधे क्षेत्रमा विगत केही दिनदेखि मरेका चौपायाका सिनोहरू बेवारिसे अवस्थामा रहने गरेको छ मोटरसाइकल चालक विक्रम राउत बताउँछन् ।

 

यसरी सिनो तत्काल व्यवस्थापन नगरिँदा यसको दुर्गन्ध वातावरण प्रदूषण उत्पन्न हनुका साथै त्यस क्षेत्र भएर यात्रा गर्ने सबैको नजरमा सरोकारवालाप्रति नकारात्मक छाप पर्ने राउत टिप्पणी गर्छन् ।

भक्तपुरदेखि काठमाडौंसम्म सार्वजनिक सवारी चलाउने एक चालक नाम उल्लेख नगरिदिने सर्तमा भन्छन, “चौपायहरु सडकमा खुल्ला हिँड्दा दुर्घटना हुने विषय नौलो नभएता पनि मरेका चौपायको व्यवस्थापन भने तत्कालै नहुने गरेको आफूले दैनिक जसो यात्राका क्रममा देख्दछु ।”

भक्तपुर जिल्लामा रहेका चार वटा नगरपालिकाले बेलाबेला छाडा चौपायको व्यवस्थानपनका लागि काञ्जिहाउसको कुरो उठाउने गरेता पनि त्यसको कार्यान्वयन भने व्यवहारमा लागू हुन नसकेको सडकमा सिनो भेटिने र छाडा अवस्थामा भेटिने चौपायले स्पष्ट पार्छ ।
जिउँदा छाडा चौपायले सडक दुर्घटना निम्ताउने र मृत अवस्थामा छाडिने चौपायको सिनोले वातावरण प्रदूषित पार्ने भएकाले सरोकारवालाहरुको बेलैमा ध्यान जानुपर्ने देखिन्छ । (रफतन्यूज डटकमका लागि ध्रुव राउत )  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर