गण्डकी प्रदेशमा सरकार गठन गर्न आह्वान

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दावी पेस गर्न मंगलबार आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले ३ दिनको समय दिएको छ ।
६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७, सभामुखसहित माओवादीको ८, एमालेको २२, राप्रपाको २ सिट र स्वतन्त्र सांसदको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर