रायन टोटेनहका अन्तरिम प्रशिक्षक

काठमाडौं । इंग्लिस क्लब टोटेनहमले रायन मासनलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।

टोटेनहमले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गर्दै रायनलाई नियुक्त गरेको हो ।

टोटेनहमले स्टेलिनीलाई ४ खेलपछि नै अन्तरिम प्रशिक्षकबाट बर्खास्त गरेको हो ।

प्रिमियर लिगमा न्युकासल युनाईटेडसँग ६-१ ले पराजित भएपछि टोटेनहमले स्टेलिनीलाई बर्खास्त गरेको हो ।

मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेपछि स्टेलिनी अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए ।

टोटेनहम टोलीका लागि मुख्य प्रशिक्षक खोजिरहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर