महानगर सफा गर्न बालेनको अर्को प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार १५ दिनभित्र हटाउन सम्बन्धित कार्यालय तथा संघ संस्थालाई निर्देशन दिएको छ ।
महानगरपालिकाले आज मंगलबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
महानगरको सुन्दरतालाइ असर पारेको लगाएत बिभिन्न खालका असरहरु देखिएकाले त्यसता नराम्रा आसरहरुलाई हटाउने उदेश्यका साथ यस्तो निर्देशन दिएको जारी सूचनामा उल्लेख गरिएको छ
महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघ संस्थाले बिभिन्न स्थान लगाएत पोलमा गुजुल्टो बनाएर राखेका, चुडिएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई संकेत चिह्न लगाउन निर्देशन दिएको छ ।
महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैँले हटाउने जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया