मंगलबार सुनको मूल्य बढ्यो
काठमाडौं । आज मंगलबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ।
यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
प्रतिक्रिया