पोचेटिनोसँग चेल्सीको वार्ता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक नियुक्तिका लागि मौरिसियो पोचेटिनोसँग कुराकानी अघि बढाएको छ ।

चेल्सीले टोटेनहमका पूर्व प्रशिक्षक पोचेटिनोलाई मुख्य प्रशिक्षक नियुक्तिका लागि कुराकानी अघि बढाएको हो ।

चेल्सीको सम्भावित मुख्य प्रशिक्षक सूचीमा भिसेन्ट कोम्पनी र पोचेटिनो रहेका थिए ।

तर, चेल्सीले टोलीको नेतृत्व गर्न सक्ने उपयुक्त मुख्य प्रशिक्षक पोचेटिनो रहेको निष्कर्ष निकालेको छ ।

हाल फ्रान्क लाम्पार्डले चेल्सीको केयरटेकर प्रशिक्षकको रुपमा काम गरिरहेका छन् ।

मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेपछि चेल्सीले लाम्पार्डलाई केयरटेकरको जिम्मेवारी दिएको हो ।

चेल्सी यस सिजन ११ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर