आचारसंहिताविरीत कार्य नगरेको रविको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफूले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गर्दै चितवन निर्वाचन कार्यालयले सोधेको स्पष्टीकरणको जवाफपेश गरेका छन् ।

लामिछानेले आचारसंहिता विपरीतको काम नगरेको दाबीसहितको पत्र बुझाएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । “उजुरीमाथि सोधिएको जवाफको उत्तर प्राप्त भएको छ । त्यो जवाफ र उजुरीबारे आवश्यक छानबिन र अध्ययनका लागि हामी निर्वाचन आयोगमा पठाउने छौँ” उनले भने ।

लामिछानेले मतदाता प्रभावित गर्ने गरी नाराजुलुस गरेपछि भरतपुर ११ स्थित नयाँकिरण मतदान केन्द्रमा झडपको अवस्था भएको कांग्रेसको उजुरीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर