महोत्तरीमा हवाई फायर, सुरक्षाकर्मीहरू घाइते

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका –४ स्थित मल्हनिया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा हवाई फायर भएको छ ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीका एसपी लेखनाथ खनालले १३ सेल अश्रु ग्यास प्रहार गरेको बताए । झडप उग्रपछि चार राउण्ड हवाई फायर गरेको उनले स्पष्ट पारे ।
प्रदर्शनकारी बाँसको भाटा प्रहार गर्दा सशस्त्र र नेपाल प्रहरीका निरीक्षकद्वय शङ्कर थापा र मनोज यादव घाइते भएका छन् । घटनामा सशस्त्र र नेपाल प्रहरीका गरी आठ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

झडपमा प्रदर्शनकारीतर्फका पनि दुई तीन जना सामान्य घाइते भएको जनाइएको छ। प्रत्यक्षदर्शीकाअनुसार प्रदर्शनकारीको उग्र भीडले हत्या आरोपी उमेश साहको घरमा तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

मलहनिया पोखरी गाउँकी २५ वर्षीया आरतीदेवीको गत शुक्रबार राति विष सेवनका कारण मृत्यु भएको थियो । तर छिमेकी गाउँलेले भने आरतीलाई श्रीमान् उमेश साह, नन्द आशा र सासू र जेठाजुले यातना दिएर हत्या गरेको आरोप लगाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर