सुडानमा रहेका नेपाली अधिकारीहरू सुरक्षित

काठमाडौं । आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरू सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।
सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एक जना अधिकारी छन् । उहाँहरू हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एक जना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर