तनहुँमा डा. वाग्ले पाँचहजार मतले अगाडि, चितवनमा १ बजेदेखि मतगणना गरिने

काठमाडौं । तनहुँमा आइतबार सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले आफ्ना प्रतिद्वन्दीभन्दा चार हजार आठ सय नब्बे मत अगाडि भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ७ सय ८७ मत ल्याएका छन् ।
यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनालले तीन हजार आठ सय तीन मत पाएका छन् । यस्तै राप्रपाकी शोभा गुरुङले जम्मा ५३ मत पाकी छन् । तनहुँमा जोडतोडका साथ मतगणना जारी छ ।

यसैगरी चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।सोमबार बिहान बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो । यस्तै बारा २ मा पनि मतगणना सुरु भएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर