बसले कारलाई ठक्कर दिँदा सात जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको ओकारा जिल्लामा आइतबार एउटा बसले कारलाई ठक्कर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य दुई जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ ।

उद्धार सेवाका अनुसार जिल्लाको अख्तराबाद क्षेत्र नजिकै सडकमा विपरित दिशाबाट आइरहेको रिक्सालाई बचाउन खोज्ने क्रममा बसले कारलाई ठक्कर दिएको जानकारी प्रहरीले घटनास्थलको प्ररम्भिक अनुसन्धानपछि दिएको छ ।

घटनामा कारमा सवार एकै परिवारका सातै जनाको मृत्यु भएको र घाइतेमध्ये एक जना रिक्सायात्री र अर्का एक जना बसयात्री रहेको प्रहरीले जनाएको छ ।

पाकिस्तानमा कमजोर सडक संरचना, पहाडी भूगोल र चालकको लापर्बाहीका कारण हुने सडक दुर्घटनामा परी हरेक बर्ष हजारौँ नागरिकले अकालमा ज्यान गुमाउने गरेका छन् ।ण मृत्यु भएको खुलासा भएपछि विस्तृत अनुसन्धान थालेको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर