सर्वदलीय बैठकपछि बारामा मतगणना

बारा । बारा–२ मा मत गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मत गणना सुरु गर्ने वातावरण तयार गर्न सूचना जारी गरी बिहान ७ बजेका लागि बैठक आव्हान गरेको छ।

मतगणनाको लागि गए रातिदेखि नै सिसिटिभीको निगरानीमा सुरक्षासहितको कोठाको व्यवस्था भएसकेको छ । निर्वाचनमा सहभागी जनाएका ३४ जना उम्मेदवारबीच सहमति जुटाइएपछि मतगणना सुरु हुनेछ ।

बारामा ६८ हजार ८ सय ८७ मत खसेको छ । जिल्लाको ६ वटा स्थानीय तहमा गरी ३७ हजार ६४ पुरुष र ३१ हजार ८ सय २३ महिला रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर