युनाईटेड एफए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति ब्राइटनलाई पेनाल्टी सुटआउटमा ७-६ गोल अन्तरले हराउँदै युनाईटेड उपाधि नजिक पुगेको हो ।

अब युनाईटेडले उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा युनाईटेडका कासिमिरो, डिएगो डालोट, जाडोन सान्चो,मार्कुस राषफोर्ड, मार्सल सबिट्जर,वाउट वेगहर्स्ट र भिक्टर लेन्डिलोफले गोल गरे ।

ब्राइटनका सोली मार्च पेनाल्टीमा चुके ।

एडम वेब्स्टर, लुइस डुंक, स्टुपिनन, डेनिस, पास्कल ग्रोब र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर