सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ ले पहिलो दिनमा नै फितलो कमाई

काठमाडौं । भारतीय अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ ले पहिलो दिनमा नै फितलो कमाई गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले रिलिजको पहिलो दिन १५ करोड ८१ लाख भारतीय रुपैयाँको व्यापार गरेको हो । तर, फिल्मको बाँकी विवरण भने आएको छैन् ।

ईदको अवसरमा रिलिज भएको यो सलमानको अहिलेसम्मको सबैभन्दा कमजोर ओपनिङ फिल्म साबित भएको छ । ५ हजारभन्दा बढी स्क्रिनमा रिलिज भए पनि फिल्मको आँकडा राम्रो छैन् ।

सलमान खानका लागि ईद सधैं लक्की रहेपनि यसपटक भने उनको फिल्म सफल हुन सकेन ।

‘किसी का भाई किसकी जान’ एक पूर्ण पारिवारिक ड्रामा फिल्म हो, जसमा रोमान्स, एक्सन, पारिवारिक ड्रामा, कमेडी सबै मनोरञ्जनात्मक तत्वहरू समावेश गरिएको छ।

कथा औसत छ, तर अप्रत्याशित छ । फरहाद सामजीको निर्देशनमा बनेको यस फिल्ममा सलमान बाहेक पूजा हेगडे, वेंकटेश, भूमिका चावला, शहनाज गिल, पलक तिवारी, राघव जुयाल जस्ता कलाकारहरुको अभिनय रहेको छ ।

यसपटक फिल्मलाई सलमानको प्रशंसकहरुले खासै रुचाएका भने छैनन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर