सोमालियाको मालीमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु

काठमाडौं । सोमालियाको मालीमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा ६० जना घाइते भएका छन् ।

मालीको सैन्य शिविर र विमानस्थल नजिक भएको बम बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

बिस्फोटका कारण विमानस्थलमा सामान्य क्षति पुगेको छ भने केही पेट्रोलपम्पहरु ध्वस्त भएका छन् ।

सोमालियामा हुने गरेका आतंकबादीका हमलामा केही महिनादेखि कम भएतापनि पुन आतंकबादी हमला हुन थालेकोमा सर्वसाधारण चिन्तित बनेका छन् । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर