एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षा

काठमाडौं । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।
रातिको समयमा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ।
भोलि आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा हुरीको सम्भावना छ।
आज काठमाडौँको अतिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहने छ। पछिल्लो २४ घन्टामा धरानमा १६ दशमलव सात, ताप्लेजुङमा १५ र धनकुटामा ११ मिलीमिटर वर्षा मापन गरिएको छ।