भारतमा मोस्ट वान्टेड खालिस्तान समर्थक अमृतपाल सिंहद्वारा आत्म समर्पण

नयाँदिल्ली । भारतमा खालिस्तान समर्थक अमृतपाल सिंहले मोगा प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । स्रोतका अनुसार वारिस दे पञ्जाबका प्रमुख अमृतपाल सिंहलाई मोगाको गुरुद्वाराबाट हिरासतमा लिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ। ३६ दिनपछि अमृतपाल प्रहरीको फन्दामा परेका हुन् । यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ ।

प्रहरीले अमृतपाललाई धेरै दिनदेखि देशका विभिन्न भागमा खोजिरहेको थियो । उनले आत्मसमर्पणका सम्बन्धमा पटकपटक सन्देश पनि पठाए तर अहिलेसम्म उनी प्रहरीको पहुँच बाहिर रहे । अब उनले हिजो अबेर राति आत्मसमर्पण गरेको खबर आएको छ ।

अमृतपाल सिंह भारतबाट भागेर नेपाल आएको हसन सक्ने आशंकालाई लिए। नेपालका सुरक्षाकर्मीहरू चनाखो रहेका थिए ।
एमालेका सांसद रघुजी पन्तले त भारतीय सुरक्षाकर्मीहरू नेपालका सुरक्षाकर्मीहरूलाई जानकारी नै नदिईकन नेपालको सीमामा प्रवेश गरेको प्रतिनिधिसभाको बैठकमा कुरा उठाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर