म छिट्टै भारत भ्रमणमा जाँदैछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चाँडै भारत भ्रमणमा जाने बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो छिट्टै छिमेकीहरूसँगको भ्रमण हुँदै छ। अहिले तयारी राम्रो गरिएन भने राष्ट्रको समग्र हित र स्वार्थलाई व्यवस्थित रूपले राख्न सकिएन भने त्यसले अप्ठ्यारो आउन सक्छ ।’

प्रधानमन्त्री प्रचण्ड चाँडै भारत भ्रमणको तयारीमा छन्। उनको भ्रमण तालिका भने सार्वजनिक भइसकेको छैन। प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर दुबै देशका कूटनीतिज्ञहरू गृहकार्यमा जुटिरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर