अमेरिकामा घर बिक्री घट्यो

काठमाडौंँ । अमेरिकामा २ दशमलव ४ प्रतिशतले घरको बिक्री घटेको छ ।

नेशनल एशोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको मौसमी रूपमा समायोजित वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो । अमेरिकी अर्थव्यवस्थाको एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारले गत वर्ष व्यापक आर्थिक संघर्ष गर्नु परेको थियो ।

विद्यमान घर बिक्री १ वर्ष पहिलेको मार्च महिनाको तुलनामा २२ प्रतिशतले घटेको छ । एनएआरका अनुसार औषत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेर ३ लाख ७५ हजार ७ सय अमेरिकी डलरमा झरेको छ ।

नबिकेका घरहरूको सूची अघिल्लो महिनाको तुलनामा मार्चको अन्त्यमा १ प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको छ । एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युनले सुरक्षा दरमा परिवर्तनको लागि अत्यधिक संवेदनशील देखिएको बताएका छन् । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर