आईपीएल – आज दुई खेल हुदै

काठमाडौंँ । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज शनिबार दुई खेल हुदैछ ।

यस संस्करणको ३० औं खेलमा गुजरात टाईटन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुदैछ ।

लखनउको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बाट सुरु हुनेछ ।

छ खेल खेलेको लखउन शनिबारको खेल जितेर शीर्ष स्थानमा उक्लन चाहन्छ । लखनउले चार खेल जित्दा दुईमा हार व्यहोरेको छ ।

पछिल्लो खेलमा लखनउले शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।

गुजरात पाँच खेलमा तीनमा जित तथा दुईमा हार सहित चौथो स्थानमा रहेको छ । गुजरातले पछिल्लो खेलमा राजस्थान रोयल्ससँग हार व्यहोरेको थियो ।

गुजरात र लखनउबीच भएको दुई खेलमा गुजरात अपराजित रहेको छ ।

यस संस्करणमा भने यि दुई टोलीको यो पहिलो खेल हो ।

आज नै हुने दोस्रो खेलमा मुम्बई ईन्डियन्स र पन्जाब किंग्स खेल्दै छन् ।

मुम्बईको घरेलु मैदान वांगखडे स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने आठबाट खेल सुरु हुनेछ।

छ खेलेको पन्जाबले तीनमा जित तथा तीनमा हार व्यहारेको छ । यस खेलमा जित हात पारेर पन्जाब चौथो जित हात पार्न चाहन्छ ।

पछिल्लो खेलमा पन्जाब रोयल च्यालेन्जर्स बेंग्लोरसँग पराजित भएको थियो ।

पाँच खेलमा तीन जितका साथ छैटौं स्थानमा रहेको मुम्बई लगातार चौथो जित हात पार्न चाहन्छ ।

पछिल्लो खेलमा मुम्बईले सनराईजर्स हैदराबादलाई हराएको थियो ।

मुम्बई पन्जाबबीच भएका पछिल्ला पाँच खेलमा तीन खेल पन्जाबले जित्दा २ खेल मुम्बईले जितेको छ ।

पन्जाबले एक खेल भने दोस्रो सुपर ओभरमा जितेको थियो ।

भारतका विभिन्न शहरमा आयोजना जारी आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर