चेल्सीको मुख्य प्रशिक्षकको सूचीमा कोम्पनी र पोचेटिनो

काठमाडौंँ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सी मुख्य प्रशिक्षक विहीन रहेको छ ।

यद्दपी फ्रान्क लाम्पार्डले चेल्सीको केयरटेकर प्रशिक्षकको रुपमा काम गरिरहेका छन् ।

मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेपछि चेल्सीले लाम्पार्डलाई केयरटेकरको जिम्मेवारी दिएको हो ।

पछिल्लो समय चेल्सी मुख्य प्रशिक्षकको खोजीमा रहेको छ ।

चेल्सीको सम्भावित सूचीमा भिसेन्ट कोम्पनी र मौरिसियो पोचेटिनो रहेका छन् ।

कोम्पनीले हालै बर्नलीलाई प्रिमियर लिगमा बढुवा गराउन सफल भएको छ ।

पोचेटिनो क्लब विहीन रहेको छ ।

चेल्सी यस सिजन ११ औं स्थानमा रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०८० बैशाख ०९ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर