आर्सनल बराबरीमा रोकियो

काठमाडौंँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनसँग ३-३ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा अग्रता उल्टाएर आर्सनलले साउथह्याम्पटनसँग बराबरी खेलेको हो ।

खेलको पहिलो मिनेटमै कार्लोस अल्कारेजले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा थियो वाल्कोटले गोल गर्दा साउथह्याम्पटन २-० ले अघि रह्यो ।

खेलको २० औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई २-१ को स्थितिमा ल्याए ।

खेलको ६६ औं मिनेटमा डुजे कारले गोल गर्दा साउथह्याम्पटन ३-१ ले अघि रह्यो ।

खेलको ८८ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई ३-३ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै आर्सनलले ३२ खेलमा ७५ अंक जोडेको छ ।

आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अघि रहेको छ ।

साउथह्याम्पटन २४ अंक जोडेर पुछारमा रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०८० बैशाख ०९ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर