यस्तो रहने छ आजको मौसम

काठमाडौं । आज शनिबार कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै विभागले कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। अपरान्हपछि पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाएको छ। यसैगरी काठमाडौं उपत्यकाको मौसम सफा रहने विभागले उल्लेख गरेको छ ।

विभागले मौसमसम्बन्धी बुलेटिन जारी गर्दै भनेको छ, “बिगत तीन दिनदेखि सशक्त (अरब सागरसम्म विस्तारित) पश्चिमी न्युनचापीय प्रणालीले नेपाल भरिनै असर पा¥यो । ती तीन दिनमा कतिपय ठाउँमा मार्च महिनाभरि पर्ने औसत वर्षा भन्दा १०० देखि २०० प्रतिशत सम्म बढी पानी परेको छ र उच्च हिमाली क्षेत्रमा व्यापक हिमपात पनि भएको छ। सो मौसमी प्रणालीले नेपालमा सबैभन्दा धेरै डडेलधुरामा १२३ मिमि वर्षा भयो। यस्तै दिपायलमा ११५ मिमि, वीरेन्द्रनगरमा १०२ मिमि, जुम्ला र धनगढीमा ८५ मिमि, भैरहवामा ४० मिमि, नेपालगन्जमा ३३ मिमि, दाङमा २७ मिमि र काठमाडौंमा ४७ मिमि वर्षा भयो। यससँगै हुम्ला कर्णाली नदीको हिमाली क्षेत्रमा पहिरो गई नदी थुनिएको भन्ने समाचारका सम्बन्धमा हालसम्म प्राप्त समाचारअनुसार सो स्थान ज्यादै विकट ठाउँमा रहेकाले सूचना प्रवाहमा कठिनाइ आएको छ। घटना भएको भनिएको स्थानका आधारमा सो बाट उत्पन्न हुन सक्ने बाढीको प्रारम्भिक अध्ययन गर्दा त्यसले बर्दिया, कैलालीलगायतका कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा पर्ने तराई भू–भागमा कुनै प्रभाव पार्न सक्ने देखिँदैन। यस विभागअन्तर्गत कर्णाली नदीको असाराघाट तथा चिसापानी नदीको बाढी पूर्व–सूचना केन्द्रमा समेत पानीको बहाव उक्त स्थानमा तय भएका चेतावनी तह भन्दा ज्यादै कम रहेको र आजबाट सुधारिँदो मौसमी अवस्थाले पनि बहाव घट्दै गएको देखिएकाले उल्लेखित कर्णाली नदी तटको माथिल्लो पहाडी क्षेत्रमा रहनुहने जनसमुदायहरुमा सतर्क रहनुहुन यो सूचना जारी गरिएको छ। थप जानकारी निरन्तर सम्प्रेषित गरिने बेहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर